काठमाडौ वैशाख, १७–
साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ११ दशमलव सात अंकले घटेर १२ सय ९८ दशमलव ६० अंकमा झरेको छ । आज सेन्सिटिभ पनि दुुई दशमलव ७४ अंकले घटेर दुुई सय ७९ दशमलव १० अंकमा झरेको छ । एक सय ७६ कम्पनीहरुको १० हजार ७४ वटा कारोबारमा २९ लाख ६७ हजार तीन सय ५८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ९५ करोड ८६ हजार नौ सय ३६ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार हुँदा जलबिद्युुत र फाईनान्स समुहले कमाएकाछन् भने बाँकी समुहले गुमाएकाछन् । गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक नौ दशमलव ८२ अंकले घटेर ११ सय ७१ दशमलव चार अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक दुुई दशमलव ७३ अंकले घटेर १५ सय ७३ दशमलव ९८ अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहले पनि आज गुमाएकाछन् ।
कमाउने कम्पनीको सुचीम सानिमामाई हाईड्रो पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा राष्ट्रिय बीमा कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन । रकम कारोबार भएको आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदि परेकाछन् ।
१७ बैशाख २०७६, मंगलबार
0
Shares