काठमाडौं चैत, १८–
नेप्से बढेको छ । आज सोमबार नेप्से छ दशमलव ४३ अंकले बढेर ११ सय ४९ दशमलव ९९ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि एक दशमलव ४५ अंकले बढेर दुुई सय ४४ दशमलव ८१ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ७१ कम्पनीहरुको छ हजार ८५ वटा कारोबारमा १२ लाख ६५ हजार छ सय ६२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ३५ करोड २८ लाख १० हजार सात सय ५० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हुँदा उत्पादनमुुलक र अन्य समुहको सुचक घटेर रातो देखिए पनि बाँकी आठ वटा समुहको सुचक बढेर हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १० दशमलव १५ अंकले बढेर नौ सय ९९ दशमलव ६५ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक छ दशमलव ३७ अंकले बढेर १४ सय ५६ दशमलव ६३ अंकमा चढेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल र लघुबित्त समुहको सुचक पनि बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज नेशनल माईक्रो फाईनान्स बित्तीय संस्था, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा युनिभर्सल पावर कम्पनी लिमिटेड, कञ्चन डेभलपमेन्ट बैंक आदि परेकाछन् । यसैगरी कारोबार भएकोमा रकमका आधारमा भने एनआईसी एशिया बैंक, प्रभुु बैक आदि अगाडि परेकाछन् ।
१८ चैत्र २०७५, सोमबार
0
Shares