यसपालिको निरन्तर शनिबारमा शीतल कादम्बिनी



काठमाडाैँ-

यसपालिको निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे  यस पटककाे शृङ्खला अतिथि गीतकार,गजलकार शीतल कादम्बिनीका साथ सम्पन्न भएको छ ।  शास्त्रीय छन्दकाे कविता सुमधुर स्वरमा वाचन गर्दै आफ्नाे प्रस्तुति सुरु गरेकी कादम्बिनीले नेपालगन्जदेखि चितवन हुँदै काठमाडाैँसम्मकाे साङ्गीतिक अनुभवहरु र अनुभूतिहरु सुनाएको थिइन ।

‘कादम्बिनी’ एल्बम आउनुभन्दा पहिलेनै आफ्ना केही गीतहरु रेकर्ड भएकाे भए पनि आफू नाेटिस हुन नसकेकाे र पछि ‘कादम्बिनी’ एल्बमका गीत, गजलहरुले आफूलाई चिनाएकाे उनले बताइन । । त्यसपछिका एल्बमहरु ‘शीतल’ र  ‘निर्झरी’ले पनि राम्रै चर्चा बटुलेकाेमा खुशी ब्यक्त गर्दै  कहाँ थियाै तिमी रङ्गमञ्च उठेपछि आयाै, धेरै चाेटि मरे म त, गयाे रात के भाे, बनायाै तिमीले बहाना अनाैठाे र झुमा झुम्कावाली लगायतका गीत ,गजलहरु कार्यक्रममा गुनगुनाएकी थिइन ।

कार्यक्रममा  सुदर्शन शर्मा,  इन्द्र लम्साल, पदम दाहाल, केवल कार्की,रन्जिता गिरी, टेकराज अवस्थी, एपी सुमन, शैलेन्द्र शर्मा गाैडेल, साेझाे गाउँले लगायतले कविता, गीत, गजल, मुक्तकहरु सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएकाे थियाे र उक्त कार्यक्रम रेडियाे अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका लागि रेकर्ड पनि गरिएकाे थियाे ।

प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार  २ : ११ बजे