एभरेष्ट बैंकले सार्बजनिक गर्‍यो २०७६ सालको भिजिट नेपाल क्यालेन्डर



काठमाडौं –

एभरेष्ट बैंक लिमिटेडले २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ। सिंहदरबारमा  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले सिंहदरबारमा क्यालेन्डर बिमोचन गरेका हुन्।

बैंकले २५ औं वर्षसम्मको निरन्तर सेवा पुर्याएको अवसरमा ‘भिजिट नेपाल २०२०’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नयाँ वर्षको क्याललेन्डर ग्राहक समक्ष ल्याएको हो।

क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पर्यटकीय गन्तव्यहरुलाई समावेश गरी नेपाललाई आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकको एउटा प्रमुख गन्तव्यको रुपमा चिनाउने उद्देश्य रहेको बैंकले बताएको छ।

बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय १६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  २ : ३३ बजे