चैत १९, काठमाडौं –
सोमबारदेखि सुरु भएको निर्वाचन मतगणनामा मंगलबार अपराह्नपछि बाट लोकतान्त्रिक प्यानलले अग्रता हाँसिल गर्न थालेको छ । एशोसिएसनको निर्वाचन शनिबार सम्पन्न भएको थियो भने सोमबारदेखि मतगणना शुरु भएको हो
पछिल्लो परिणाम अनुसार अनुसार लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलले ७ सय ३४ मतका साथ अग्रता लिएका छन्। बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले ६ सय ६९ मत ल्याएका छन् ।
महासचिवमा पनि लोकतान्त्रिक समूहले अग्रता हासिल गरेको छ, लोकतान्त्रिक समूहका लीलामणि पौडेलले ७ सय २१ मत पाउँदा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ६ सय ५० मत पाएका छन् ।
अब लोकतान्त्रीक समुहले जित्ने सम्भाबना बढ्दै गएको बताइएको छ । मत गणना अझै जारी रहेको छ ।










