नेपाल बारको मतगणनामा लोकतान्त्रिक समूहको अग्रता, मतगणना जारी



चैत १९,  काठमाडौं –

सोमबारदेखि सुरु  भएको निर्वाचन मतगणनामा मंगलबार अपराह्नपछि बाट लोकतान्त्रिक प्यानलले अग्रता हाँसिल गर्न थालेको छ । एशोसिएसनको निर्वाचन शनिबार सम्पन्न भएको थियो भने सोमबारदेखि मतगणना शुरु भएको हो

 पछिल्लो परिणाम अनुसार  अनुसार लोकतान्त्रिक  समूहका  सुनिलकुमार पोखरेलले ७ सय ३४ मतका साथ अग्रता लिएका छन्। बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले ६ सय ६९ मत ल्याएका छन् ।

महासचिवमा पनि लोकतान्त्रिक  समूहले अग्रता हासिल गरेको छ, लोकतान्त्रिक  समूहका लीलामणि पौडेलले ७ सय २१ मत पाउँदा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ६ सय ५० मत पाएका छन् ।

अब लोकतान्त्रीक समुहले जित्ने सम्भाबना बढ्दै गएको बताइएको छ । मत गणना अझै जारी रहेको छ ।

प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार  १२ : २६ बजे