प्रधानमन्त्री र मन्त्रीहरु उद्दार राहत् र पुनर्बास तिर भन्दा फोटो खिच्नमै भुलिए :कांग्रेस सभापति देउवा



बिरगंज-

कांग्रेस सभापति शेरबहादुर देउवाले हावाहुरीबाट पिडित जनतालाई उचित राहत्, उपचारको ब्यबस्था गर्न र घरबारबिहिन भएकालाई तत्काल पुनर्स्थापना गर्न सरकार सग माग गरेका छन ।

शभापती देउबाले प्रभाबित बिभिन्न क्षेत्रको क्षतिको अबलोकन गर्दै बिरगंज उप छेत्रीय अस्पताल पुगेर त्याहा रहेका घाइतेहरुसग कुराकानी गर्ने क्रममा सरकारले उद्दार ,राहत र पुनर्स्थापनामा तदारुकता नदेखाएको बताए ।

शभापती देउबाले त्यस क्षेत्रका साम्सद्,सरकारी कर्मचारि पार्टिका नेता कार्यकर्ताहरुसग भेट्घाट गरी उद्दार कार्यलाई प्रभाबकारी बनाउन आग्रह समेत गरे ।सरकारको गती सार्है सुस्त भएको भन्दै उनले सरकारका प्रधानमन्त्री, मन्त्रीहरु आएर फोटो खिच्ने भन्दा पनि जनताको उद्दार हुनु पर्ने अहिलेको खाचो रहेको बताए ।

प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार  ४ : ४० बजे