आज नेप्सेमा झिनो अंकले सुधार



काठमाडौं चैत, २०–
नेप्सेमा आज झिनो अंकले सुधार आएको छ । नेप्से आज दुुई दशमलव एक अंकले बढेर ११ सय ६५ दशमलव ८४ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव दशमलव ५७ अंकले बढेर दुुई सय ४८ दशमलव ७२ अंकमा चढेको छ । आज एक सय ७० कम्पनीहरुको सात हजार दुुई सय दुुई वटा कारोबारमा २० लाख २९ हजार १५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५४ करोड ५८ लाख १८ हजार छ सय १९ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा दुुई वटा समुहले कमाएकाछन् भने आठ वटा समुहले गुमाएकाछन् । आज कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक चार दशमलव ५३ अंकले बढेर एक हजार २३ दशमलव ८५ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि छ दशमलव ११ अंकले बढेर १४ सय ६६ दशमलव ३८ अंकमा चढेको छ । जलबिद्युुत समुहको सुचक भने तीन दशमलव ९६ अंकले घटेर ११ सय ५३ दशमलव ५७ अंकमा झरेको छ । फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्स्योरेन्स कम्पनी, कन्काई बिकास बैंक आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा युनिभर्सल पावर कम्पनी, सिन्धुु बिकास बैंक आदि परेको छ । यसैगरी रकम कारोबारका आधारमा भने आज एनआईसी एशिया बैंक पहिलो स्थानमा परेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ०८ बजे