सरकारले दुई तिहाइको दम्भमा एकलौटी गरे सदन र सडकमा बिरोध गर्छौ : कांग्रेस सभापति देउवा



चैत २१,  विराटनगर-

कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्ले नियुक्त गर्दा प्रतिपक्ष दलको पनि सहमति लिनुपर्नेमा एक्लौटी नियुक्ती गरिएको भन्दै आपत्ती प्रकट गरेका छन ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै  सभापति देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने बताए।

उनले संवैधानिक परिषद्को बैठकमा आफूले चिठ्ठी लेखी आउन नसक्ने भएको हुँदा केही समयपछि गर्नु भनेकोमा एक पक्षीय ढङ्गबाट गरिएको नियुक्तिको विरोध गरेको बताए ।

पार्टिका जिल्ला सभापतीहरुले हिजोबाट काठ्माण्डौमा आयोजना गरेको भेला प्रती आक्रामक रुपमा प्रस्तुत भएका सभापती देउबाले नेपाली  कांग्रेस एकजुट रहेको बताउँदै उनले आगामी महाधिवेशनबाट पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : चैत्र २१, २०७५ बिहिबार  १० : १८ बजे