काठमाडौं चैत, २१–
नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई हराउदै विजयी भएका हुन् । कानून व्यवसायीहरुको छाता संस्था समेत रहेको बारको महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् ।
नयाँ नेतृत्वका लागि गत शनिबार काठमाडौं उपत्यकासहित देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो । गत चैत १९ गतेदेखि भएको मतगणना बिहीबार सकिएको हो । बिहीबार काठमाडौं जिल्ला बार र उच्च अदालत बार एशोसिशनको मतगणना भएको थियो ।
बिहीबार साँझ सकिएको मतगणनामा अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् ।














