काठ्माण्डौ-
शुक्रबारबाट देशव्यापी प्रर्दशनमा आएको फिल्म ‘लभ स्टेशन’ले निकै राम्रो प्रदर्शन शुरुवात गरेको छ । शुक्रबारबाट प्रर्दशनमा आएको यो फिल्मले शनिबार निकै राम्रो ब्यापार गर्न सफल भएको छ ।
शनिबार बिहानै देखिको वर्षाले केही बिथोले पनि दर्शकहरुको हलमा आगमन राम्रो रह्यो । दिउँसो गोपिकृष्ण मूभिजको चार ओटा हल, अष्ट नारायणको दुई ओटा हल, गुण सिनेमाका तीन ओटा हल एक सो मै हाउसफुल भयो ।
यस्तै प्रदर्शन भएका काठमाडौंका सबै मल्टिप्लेक्स दिउँसो हाउसफुल रह्यो । फिल्मका वितरक गोविन्द शाहीका अनुसार फिल्मलाई दर्शकले मन पराएका छन् । मुलुकका सबैजस्तो सिनेमा हल शनिबार हाउसफुल रहेको उनले बताए । आईतबारबाट मौसम बिहानै देखि राम्रो रहेको र ब्यापार पनि राम्रो रहेको शाहीले जानकारी गराए ।










