आयल निगम भित्रको भ्रस्टाचार नियण्त्रण गर्न छोडेर सरकारले फेरी बढायो पेट्रोल र डिजेलको मुल्य



बैशाख १९, काठमाडौं–

महङ्गिले जनता आक्रान्त बनेको बेला सरकारले फेरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । बिहीबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य बढेपछि आगामी शुक्रबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ ।

१८ वैशाखमा भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले बताए पनि निगम भित्र हुने भ्रष्टाचार नियत्रण ,पेट्रोलियम पदार्थको चुहावट नियन्ट्रण लगायतका सुधार गर्नुको साटो मुल्य बढाएर पटक पटक जनताको ढाड सेक्ने गरेकोमा नागरिक  समाजबाट असन्तुष्टी ब्यक्त गरिदै आएको छ ।

प्रकाशित मिति : बैशाख १९, २०७६ बिहिबार  ३ : ४७ बजे