मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिष्ट सरकारको गतिबिधि निरंकुश राजाको समय भन्दा पनि डरलाग्दोः कांग्रेस नेता कोइराला



काभ्रे वैशाख, २०–
कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको अवस्था निरंकुश राजाको समय भन्दा पनि डरलाग्दो रहेको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल प्रेस युनियन काभ्रे शाखाको अधिवेशनलाई उद्घाटन गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् । उनले अहिलेको सरकारले पत्रकारको मुख र कलम छोप्न खोजेको आरोप लगाए ।
सरकारले साइबर क्राइम र आस्थाका आधारमा पत्रकारलाई पक्राउ गरेर दुःख दिने काम गरेकोमा नेता कोइरालाले आपत्ति समेत जनाए ।

उनले भने, ‘राजाको शासनमा पनि अदालतभित्रैबाट पक्राउ परेको थिएन । जनसुकै क्रुर शासक भएपनि अदालतभित्र पक्राउ गर्न पाइँदैन ।’

नेपाल प्रेस युनियनको केन्द्रीय अधिवेशन गर्न पनि उनले आग्रह गरे । उनले भने, ‘प्रेस युनियनको अध्यक्ष बद्री सिग्देलजी पनि यही हुनुहुन्छ । तपाईले केन्द्रीय अधिवेशन गर्नुस् कांग्रेसलाई बलियो बनाउन भ्रातृ संस्थाहरूको अधिवेशन समयमा गर्नुस् । विधानलाई स्वीकार गर्ने हो भने अधिवेशनभन्दा अर्को बिकल्प छैन ।’
नेपाल प्रेस युनियनलाई तदर्थवादमा नलैजान उनले आग्रह गरे । ‘तदर्थवादमा जानुभयो भने कांग्रेस कमजोर हुन्छ’, डा।कोइरालाले भने, ‘अहिले समयमा अधिवेशन गरिएन भने स्थानीय तहको मुखमा गएर अधिवेशन गर्नुपर्छ । त्यस बेला अधिवेशनको तिक्तताले स्थानीय निर्वाचनमा असर पुर्याउँछ ।’ नेता कोइरालाले कांग्रेसले पनि नयाँ विधानअनुसार वडादेखि केन्द्रसम्मको अधिवेशन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : २६ बजे