०७६ बैशाख २०, काठमाडौँ–
भारतमा तहल्का मच्चाइरहेको फानी चक्रवातको असार राजधानी काठ्माण्डौ लगायत नेपालका अघिकाम्श भुभागमा पनि देखिन थालेको छ ।बिशेष गरी नेपालको हावाइ क्षेत्र प्रभाबित बनेको छ । चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको छ । त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीका अनुसार सवै आन्तरिक उडानहरु शुक्रबार बिहान १० बजेदेखि ठप्प छन् ।
हिमालि क्षेत्रमा हेलिकोप्टर उडान नगर्न गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सतर्क गराइ सकेको छ भने प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान बंगला आकासमा आधा घण्टादेखि होल्ड गर्नुपरेको थियो । बुद्ध एयरको झापा काठमाडौ र विराटनगर काठमाडौका दुई उडान उतै फर्काइएको छ ।
त्यसै गरी बर्षाका कारण काठ्माण्डौ र भक्तपुरका धेरै सडकहरु जलमग्न बनेक छन । सडक यतायात समेत प्रभाबित बनेको छ ।
त्यसै गरी देशका कतिपय स्थानमा हावाहुरी सहित बर्षा भइरहेका कारण बिधुत सेवा समेत अबरुद्द भएको समाचारहरु प्राप्त भएका छन ।








