काठमाडौं वैशाख, २०–
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सुदुर पश्चिमका जिल्ला भ्रमणमा जाने तयारीमा रहेका छन् । केही दिन अघि मात्रै देशदौडाहमा निस्किएका वरिष्ठ नेता पौडेल फेरी सुदुर पश्चिमका जिल्लाको भ्रमणको तयारीमा लागेका हुन् । वरिष्ठ नेता पौडेलको सचिवालयले न्यू संचारलाई दिएको जानकारी अनुसार वरिष्ठ नेता पौडेलको जिल्ला दौडाह जेठ ६ बाट सुरु भएर जेठ १४ सम्म रहनेछ ।
यस्तो छ वरिष्ठ नेता पौडेलको भ्रमण तालिका
जेठ ६ गतेः
काठमाडौंबाट विहान नेपालगञ्ज हुदै कैलालीको टिकापुरमा कार्यक्रममा सहभागी ।
जेठ ७ गतेः
बिहान कैलालीको हसुलीयामा कार्यक्रम र दिनको १ बजे धनगढीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्ने ।
जेठ ८ गतेः
बिहान कञ्चनपुरको पुर्नवासमा कार्यक्रम र दिनको १ वजे महेन्द्र नगरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने ।
जेठ ९ गते:
बिहान डडेलधुरा प्रस्थानः दिउँसोः नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने ।
जेठ १० गतेः
बिहान डडेलधुरा वाट वैतडी प्रस्थान वैतडी जिल्लाको मेलौलीमा हुने वृहत आमसभालाई सम्बोधन गर्ने ।
जेठ ११ गतेः
बिहान दार्चुलाको लागि प्रस्थान दार्चुलामा नेपाली कांग्रेस दार्चुलाको आयोजनामा हुने जिल्ला सम्मेलन लाई सम्वोधन गर्ने ।
जेठ १२ गतेः
बिहान दार्चुलावाट बझाङ प्रस्थान गर्ने ।
जेठ १३ गतेः
बिहान वझाङ्गमा आयोजित नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने ।
जेठ १४ गतेः
डडेल्धुराबाट कैलालीको लम्की हुँदै काठमाडौं फर्किने तालिका तय भएको वरिष्ठ नेता पौडेलको सचिवालयले जनाएको छ ।