मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको नीति तथा कार्यक्रम बकम्फूसे र उडन्तेः कांग्रेस सभापति देउवा



काठमाडौं वैशाख, २२–
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमलाई बकफूसे र उडन्ते कार्यक्रमको संज्ञा दिएका छन् । आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदैँ सभापति देउवाले
सरकारले लहडमा कार्यक्रमहरु प्रस्ताव गरेको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिने बाहेक केही पनि गरेको छैन ।’
न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै सभापति देउवाले सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको आरोप लगाए ।

भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै उनले यो अनुदानमा मात्र बन्नुपर्ने बताए । भारतमा प्रस्तावित एउटा जलमार्गका लागि १११ करोड लाग्ने भएपनि सरकारले पानी जहाज आइसके झै गरेर पानी जहाज कार्यालय खोलेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।
राणाको पालादेखि नै चलेको स्टिमरलाई नयाँ आविस्कारका रुपमा प्रचार गरेको उनको आरोप छ । उनले वर्तमान सरकारसँग पूँजी कसरी बृद्धि गर्ने भन्ने ज्ञान र सिप नै नभएको दाबी समेत गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : २१ बजे