काठमाडौं वैशाख, २२–
साताको सुरुवाती कारोबार दिन नै नेप्से ओरालो लागेको छ । नेप्से आज १६ दशमलव ७१ अंकले घटेर १२ सय ७७ दशमलव ६८ अंकमा पुुग्दा सेन्सिटिभ पनि तीन दशमलव ८६ अंकले घटेर दुुई सय ७३ दशमलव ९६ अंकमा झरेको छ । आज एक सय ७५ कम्पनीहरुको आठ हजार तीन सय १३ वटा कारोबारमा २३ लाख १२ हजार पाँच सय ३० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार ६५ करोड तीन लाख ७८ हजार चार सय ५४ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हुँदा उत्पादमुुलक र अन्य समुहले कमाएकाछन् भने बाँकी समुहको गुुुमाएका छन् । गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक १६ दशमलव दुुई अंकले घटेर ११ सय ४८ दशमलव २६ अंकमा झर्दा विकास बैंक समुहको सुचक पनि १७ दशमलव ४४ अंकले घटेर १५ सय ४६ दशमलव २२ अंकमा सिमित भएको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल र फाईनान्स समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स, युुनाईटेड फाईनान्स कम्पनी आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा चिलिमे हाईड्रो पावर कम्पनी, एनआईबिएल समृद्धि फण्ड १ आदि परेकाछन । यसैगरी रकम कारोबार भएको आधारमा भने नेपाल बैंक, प्रभुु बैंक लयायतका कम्पनीहरु अगाडि परेकाछन् ।
२२ बैशाख २०७६, आइतबार
0
Shares