काठमाडौं वैशाख, २३–
नेपाल वायुसेवा निगमका एक कर्मचारी तस्करीको सन ल्याउन सहयोग गरेको आरोपमा पक्राउ परेका छन् । वायुसेवा निगमका एक कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन ल्याउन सहयोग गरेको आरोपमा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई पक्राउ गरेको हो ।
सेटिङमा अवैध सुन ल्याएको आरोपमा आइतबार राति प्रहरीले विमानस्थलका कर्मचारी यादवलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले पक्राउ परेका यादवको साथबाट १०१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ । प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे ।
यादवका गतिविधि शंकास्पद लागेपछि विमानस्थल प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।








