मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेयर बजारको कारोकार ह्वात्तै बढ्यो, लगानीकर्ता उत्साही



काठमाडौं वैशाख, २३–
अघिल्लो दिन घटेको नेप्सेमा आज सोमबार भने उछाल आएको छ । नेप्से सुचक तथा कारोबार रकम दुुबै आज बढेकाछन । नेप्से २१ दशमलव ७३ अंकले बढेर १२ सय ९९ दशमलव ४१ अंकमा पुुग्दा सेन्सिटिभ पाँच दशमलव एक अंकले बढेर दुुई सय ७८ दशमलव ९७ अंकमा चढेको छ । आज एक सय ७२ वटा कम्पनीहरुको आठ हजार ५६ वटा कारोबारमा २० लाख ७५ हजार ४० कित्ता सेयर किनबेच भएकाछन् भने कारोबार रकम ६३ करोड ३६ लाख ५३ हजार पाँच सय २९ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोवार भएकोमा अन्य गुमाएको छ भने बाँकी १० वटा समुहले कमाएका छन् । यि मध्ये वाणिज्य बैंक समुहको सुचक २९ दशमलव ६१ अंकले बढेर ११ सय ७७ दशमलव ८७ अंंकमा चढ्दा बिकास बैंक समुहको सुचक पनि १५ दशमलव ८६ अंकले बढेर १५ सय ६२ दशमलव सात अंकमा चढेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि आज बढेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मल्टीपर्पोस फाईनान्स आदि परेका छन् भने गुमाउने कम्पनीहरुको सुचीमा पाँचथर पावर कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी आदि परेका छन् । यसैगरी कारोबार भएको रकमको आधारमा भने आज शिवम सिमेन्ट, जनता बैंक आदि परेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ४२ बजे