मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ७७ जिल्लामा कांग्रेसको जागरण अभियान भव्य रुपमा सुरु हुँदै, सबै कार्यक्रम उदघाटन वर–पिपल रोपेर



काठमाडौं वैशाख, २५–
आजदेखि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ । कांग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि जागरण अभियान सुरु गर्न लागेको जनाएको छ ।

सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाझ लैजान अभियान थालेको कांग्रेसको भनाइ छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका गलत काम जनसमक्ष लैजानु र पार्टी संगठनलाई थप सुदृढीकरण आजदेखि अभियान थालनी गर्न लागेको जानकारी गराए ।

कांग्रेसले अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य समेत रहेको बताएको छ । कांग्रेसले गएको वैशाख ११ गतेदेखि जागरण अभियान थाल्ने तयारी गरे पनि
पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको थियो ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ । आजबाट सुरु हुने पहिलो चरणको अभियान १ महिना चल्नेछ । पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन गर्ने कांग्रेसले जनाएको छ । दोस्रोमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रोमा चरणमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ । कांग्रेसले सम्पादन गर्नुपर्ने कामबारे जिम्मेवारीपत्र दिएर केन्द्रीय नेताहरुलाई जिल्ला पठाएको हो । कार्यक्रमलाई सफल पार्न कांग्रेसले भातृसंगठनहरुलाई पनि जिल्लामा परिचालन गरेको जनाएको छ ।

देशभर एउटै मोडलमा जागरण अभियान कार्यक्रम सञ्चालन गर्ने कांग्रेस केन्द्रीय कार्यालयले ७७ जिल्लामा सर्कुलर समेत गरेको छ । यो पटक कांग्रेसले कार्यक्रम उद्घाटन समेत नयाँ तरिकाले गर्दैछ । कांग्रेसले जनाए अनुसार समी र बर–पिपलमध्ये १ विरुवा रोपेर कार्यक्रम उदघाटन गर्न सबै जिल्लामा कांग्रेसले सर्कुलर गरिएको छ । त्यस्तै, जागरण अभियानमा बजाउन जागरण गीत तयार पारिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लेखेको गीत नेवारी, मैथिली, राई, भोजपुरीलगायतका १२ भाषामा तयार पारिएको हो ।

कांग्रेस केन्द्रीय समितिको सर्कुलर अनुसार अभियानमा ३ वक्ताले आफ्नो धारणा राख्नेछन् । सबै कार्यक्रममा महिला वक्ता अनिवार्य गरिएको कांग्रेसले जनाएको छ ।

काठमाडौंमा पार्६ी सभापति शेरबहादुर देउवाले मध्याह्न १२ः३० मा जागरण अभियानको उद्घाटन गर्दैछन् । अन्ज्य सबै जिल्लामा कांग्रेसले पार्टी पदाधिकारीसहित केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ५ : ४२ बजे