काठमाडौं वैशाख, २५–
संघीय समाजवादी फोरमसँग एकता गरेपछि बाबुराम नेतृत्वको नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेका छन् । नयाँ शक्तिमा रहेका असन्तुष्ट नेताहरुले बुधबार भेला समेत गरेका छन् । पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत नेताले भेला आयोजना गरेका हुन् ।
भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकता मात्रै सीमित गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनीहरुले पार्टी एकता गर्नुपूर्व छलफल नगरेको भन्दै नेतृत्वको आलोचना समेत गरेका थिए । उनीहरुले नेतृत्वलाई वैकल्पिक राजनीति भविष्य केही हुन्छ ? भन्ने प्रश्न समेत गरेका छन् ।
असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।
नेकपाले बुधबार अपराह्न नै प्रचण्डको उपस्थितिमा ‘विशेष कार्यक्रम’ राखेको छ । स्रोतका अनुसार पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी गरिएको छ ।
२५ बैशाख २०७६, बुधबार
0
Shares