काठमाडौं वैशाख, २५–
साताको चौथो कारोबार दिन आज बुुधवार पनि नेप्से घटेको छ । नेप्से तीन दशमलव ६८ अंकले घटेर १२ सय ९७ दशमलव ६० अंकमा भर्दा सेन्सिटिभ पनि एक दशमलव १७ अंकले घटेर दुुई सय ७८ दशमलव सात अंकमा झरेको छ । आज एक सय ७५ कम्पनीहरुको छ हजार सात सय ६५ वटा कारोबारमा १९ लाख सात हजार सात सय ८३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५० करोड ७९ लाख ३४ हजार नौ सय १९ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोवार हुुदा ट्रेडिङ, उत्पादनमुुलक र अन्य समुहले कमाए पनि बाँकी समुहले गुमाएका छन् । गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ८३ अंंकले घटेर ११ सय ६९ दशमलव ४९ अंकमा पुुग्दा विकास बैंक समुहको सुचक सात दशमलव ४१ अंकले घटेर १५ सय ५६ दशमलव ६८ अंकमा झरेको छ । आज जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा र फाईनान्स समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज हिमालयन डिष्ट्रिलरी प्राली, नबिल ईक्विटी फण्ड आदि परेकाछन् भने गुमाउने कम्पनीको सुचीमा मल्टीपर्पोस फाईनान्स, तारागाउँ रेजिडेन्सी होटल आदि परेकाछन । यसैगरी रकम कारोबार भएको आधारमा भने आज सिभिल बैंक, मेगा बैंक आदि परेकाछन् ।
२५ बैशाख २०७६, बुधबार
0
Shares