धुलोले वाक्क भएपछी शंख बजाएर सडकमा उत्रिए बौद्ध,जोरपाटीका स्थानीय, प्रहरीसँग घम्साघम्सी



काठमाडौं वैशाख, २६–
काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको सडक मर्मत कार्य वर्षौ लम्बिदा धुलोले वाक्क भएपछी  स्थानीय आन्दोलित भएका छन् । बिहिबार उनीहरुले सडकखण्डको कामलाई अलपत्र छाडेको विरोधमा प्रदर्शन गरेका हुन् । चार वर्षदेखि सडखण्डको काम अलपत्र परेको भन्दै बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् ।

प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजाएर सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।

उक्त सडक खण्ड लामो समय देखी निर्मानाधिन रहेको छ भने सडकमा हिड्ने मान्छे नै नचिनिने गरी सडकमा धुलो उड्ने गरेको छ ।
प्रदर्शनकारीले सडकमा टायर समेत बालेका थिए । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए ।

प्रकाशित मिति : बैशाख २६, २०७६ बिहिबार  ७ : ०६ बजे