काठमाडौं वैशाख, २६–
सिद्धार्थ बैंकले २०७६ वैशाख २५ गते बुधबार काठमाडौंको काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरीया स्थित चार शाखाहरुको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।
बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापा, मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य माननीय महेश बस्नेत, क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उप(महानगरपालिकाका मेयर निर्प बहादुर ओड र अत्तरीया शाखाको उद्घाटन गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउदबाट भएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६३ एटिएम काउन्टर र १३ सय भन्दा पस मेसिन मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
२६ बैशाख २०७६, बिहिबार
0
Shares