काठमाडौं वैशाख, २६–
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फोरमसँग पार्टी वियल गरिएको भन्दै असन्तुष्ट नयाँ शक्तिका नेताहरुलाई पार्टी एकता गर्नु बाध्यता भएको बताएका छन् । बिहिबार
पार्टी एकताप्रति असन्तुष्ट बनेका केही नेताहरूले अध्यक्ष डा भट्टराईलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष भट्टराईले ज्ञापनपत्र बुझ्दै परिषद् अध्यक्ष भट्टराइले भने, ‘वैकल्पिक राजनीतिक शक्तिलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरिएको हो, यो आवश्यकता र बाध्यता दुवै थियो ।’
तत्कालीन नयाँ शक्ति नेपाल वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको तर फोरमसँग पार्टी वियल गरिएको भन्दै नयाँ शक्ति केन्द्रीय समितिका सदस्यहरुले असन्तुष्टि राख्दै आएका छन् । असन्तुष्ट समूहले पार्टीको नाम, झन्डा र नेतृत्वलगायतका विषयमा असन्तुष्टि राख्दै आएका छन्।
उनीहरुले तत्कालीन नयाँ शक्तिको केन्द्रीय समितिमा छलफल नै नगरी हतारोमा फोरमसमक्ष एकता गरेको आरोप लगाएका छन् । पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाललगायतका नेता फोरमसँगको एकताबाट असन्तुष्ट छन्।