‘ए मेरो हजुर ३’ को सक्सेस पार्टी सहित मनाइयो नयिका सुहानाको जन्म दिन ।



काठमाडौँ-

ए मेरो हजुर ३ बाट नेपाली चलचित्रमा उदाएकी नायिका सुहाना थापाको २१ औँ जन्मदिनको अबसरमा चलचित्र ‘ए मेरो हजुर ३’ले राजधानीमा सक्सेस पार्टीको आयोजना गरेको छ ।
केहि चलचित्रकर्मी, पत्रकार, नजिकका आफन्त र ‘ए मेरो हजुर ३’को टिमको उपस्थितिमा सक्सेस पार्टीकोसेलेब्रेसन गरिएको हो ।

झरना थापाले फिल्म्री करिअर सुरु गरेको पनि २१ बर्ष पुगेको, त्यस्तै सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टले चलचित्र निर्माण शुरु गरेको पनि २१ वर्ष पुगेको र ए मेरो हजुर ३ बाट नेपाली चलचित्रमा उदाएकी नायिका सुहाना थापा पनि २१ बर्ष पुगेको गजबको  संयोगमा सक्सेस पार्टीको आयोजना गरिएको हो ।

नायिका थापाको जन्मदिनमा चलचित्रका मुख्य नायक अनमोल केसी, कलाकार सलोन बस्नेत लगायत उपस्थित थिए । नायिका थापाले जन्मदिनको अवसरमा माया र शुभकामना दिने सबैलाई धन्यबाद ब्यक्त गरिन ।

प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार  १० : ५८ बजे