मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुरामको समाजवादी पार्टीलाई चित्रबहादुरको पार्टीको काउन्टर



काठमाडौं वैशाख, २७–
नवगठित समाजवादी पार्टी नेपालले राखेको संविधान संशोधनको मागप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।
उक्त पार्टीका उपाध्यक्ष दुर्गा पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीले संविधानका कयौ प्रवाधान संशोधनका लागि अगाडि सारेका मागका विषयमा आपत्ति जनाएकी हुन् । साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको प्रणाली अपनाउनु पर्ने तथा देशमा एघार प्रदेशहरू बनाउनुपर्ने मागलाई उनले गलत भन्दै विरोध जनाएकी हुन् ।
जनमोर्चाले वर्तमान संविधानमा भएको सङ्घीय प्रणालीलाई पूरै खारेज गर्नुपर्ने माग अघि सार्दै आएको छ ।

उसले उपयुक्त समयमा संविधानमा त्यसअनुसार संशोधनका लागि प्रस्ताव दर्ता गराउने समेत जनमोर्चाले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ६ : ५६ बजे