५० हजार ब्याज नतिरेको भन्दै एक पुरुषलाई बन्धक बनाउन खोज्ने महिला पक्राउ



काठमाडौं वैशाख, २७–
आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा एक महिला पक्राउ परेकी छिन् । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले इमाडोलका कृष्ण चौडेललाई बन्धक बनाएको आरोपमा अमिना भुजेललाई पक्राउ गरेको जनाएको छ । बन्धक बनाईएका चौडेललाई उद्दार गरी भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भुजेल र चौडेलबीच लेनदेनको विवाद रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको रकम दिन बाँकी थियो । रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी हुन् ।
उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार  ९ : १६ बजे