पर्वतका पूर्वसचिव आचार्यको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त



काठमाडौं वैशाख, २७–
नेपाली काङ्ग्रेसले पर्वत पार्टीका पूर्वसचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन हुनुभएका आचार्यप्रति दुःख व्यक्त गरेका हुन् ।

आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल परेका थिए ।

काङ्ग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा आचार्यले पु¥याएको योगदानको स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेको छ । कुश्मा नगरपालिका–५ निवासी स्वर्गीय आचार्यका दुई छोरी र दुई छोरा रहेका छन् ।

प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार  १० : २६ बजे