विद्येयक फिर्ता नलिए अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघ गुहार्ने विष्टको चेतावनी



बैशाख २८, काठ्माण्डौ-

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता हरण गर्ने गरी सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने चेतावनी दिएका छन् ।

शनिबार काठ्माण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव पौडेलले बिधेयकको बिरोधमा आफुहरुले आन्दोलन घोषणा गरी सकेको र आफुहरुको आन्दोलनलाई सरकारले बेवास्ता गरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने चेतावनी दिएका हुन ।

अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने जिकिर गर्दै उनले  यो विद्येयक कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी नरहने भएकोले यो बिधेयक फिर्ता नलिए सरकार बिरुद्द जेसुकै गर्न आफुहरु बाध्य भएकोमा जोड दिए

सरकारले अहिले अपनाएको शैली र बाटो सरकार आफैलाई धेरै महँगो पर्ने चेतावनी दिदै उनले भने, ‘हामी दरवारसँग लडेर आएका हौं । हामीसँग आफ्नो अधिकार रक्षाको लागि पर्याप्त क्षमता र अनुभव छ  सीप छ ।’

कुनैपनि हालतमा यो विद्येयक मान्य नहुने ब ताउदै बिधेयकको अवेज्ञा गर्न देशैभरिका पत्रकार हरुलाई उनले आग्रह गरे ।

प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार  १२ : ३६ बजे