बैशाख २८, काठ्माण्डौ-
निरन्तर शनिबारकाे यस पटककाे शृङ्खला कवि हेमप्रभास र गजलकार जय गाैडेलका साथ सम्पन्न भएको छ । कार्यक्रममा कविता सम्बन्धी अाफ्नाे राख्ने क्रममा कवि हेमप्रभासले कविताका विषयमा अाजसम्म कति धेरै विद्वानहरुले बाेले/लेखे पनि कविताका कुरा नसिद्धिएका र यही नै कविता हाे भन्न नसकिएकाे प्रसङ्ग उप्काउनु भयाे । कलाका विभिन्न विधाहरुमध्ये कविता श्रेष्ठ भएकाे र प्रकृतिले दिने आनन्द यसले दिने जिकिर गर्नु भयाे । कविता हृदयकाे स्पन्दन हाे भन्दै उहाँले मानिसकाे जीवन कविताबाट विमुख हुन नसक्ने कुरा बताउनु भयाे । कार्यक्रममा कवि हेमप्रभासले- पत्रकाे सरांश, मेरा बा किसान हुन्, तिम्राे भाग्यकाे निलाे पहाड, कवि किस्नेकाे सपना, नयाँ शताब्दीकाे बुढाे बालक र अधुराे सिलसिला गरी छ वटा कविता सुनाउनु भएकाे थियाे ।
यसैगरि यस पटककाे शृङ्खलामा अर्का अतिथि हुनुहुन्थ्याे- गजलकार जय गाैडेल । गजल सम्बन्धी अाफ्नाे धारणा राख्ने क्रममा गजलकार गाैडेलले- गजल गेयात्मक विधा भएकाले यसमा लयकाे पालना अनिवार्य भएकाे जिकिर गर्नु भयाे । शास्त्रीय लयका अलवा लाेक लयलाई पनि छान्न सकिने र विभिन्न नेपाली लाेक लयमा राम्रा राम्रा गजल लेख्न सकिने कुरा उहाँले बताउनु भयाे । गजल लेख्दा तुकबन्दी र उक्ति वैचित्रयलाई ध्यान दिनु पर्ने भन्दै एउटा राम्राे गजल लेख्न निकै मिहिनेत र लामाे समय पनि लाग्न सक्ने कुरा अनुभव सहित सुनाउनु भयाे । कार्यक्रममा गाैडेलले- सबैभन्दा मलाई…, खडेरी छ बाहिर…, छातीभरि देश दुख्छ…, चरी भन्नु मलाई…गरि चार वटा गजल र ‘मधुसुदन हाै’ शीर्षककाे एउटा छन्द कविता पनि सुनाउनु भयाे ।
सहभागीहरुकाे बाक्लाे उपस्थिति रहेकाे यस पटककाे शृङ्खलामा- चन्द्रकान्त पाैडेल, इन्द्र लम्साल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, सुदर्शन शर्मा, सराेज राई, प्रकाश बम परिश्रमी, तपेन्द्र घाेडासैनी, एपी सुमन, रञ्जिता गिरी, रमेश बलामी, पदम दाहाल, प्रीतिका खत्री, शिक्षा नेपाल, नवीन गिरी, रीता पुन, स्वागत नेपाल, साेझाे गाउँले लगायतले आ -आफ्ना रचनाहरु(कविता, गीत, गजल, मुक्तक) सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रम ‘लेटेस्ट नेपाल’ युटुब च्यानलमा पनि हेर्न सकिनेछ र ‘रेडियाे अन्नपूर्ण ९४ मेगाहर्ज’बाट अाउँदाे शनिबार बिहान सात बजे प्रसारण हुनेछ ।