मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्छ अंकुश लगाउन मिल्दैनः ओनसरी घर्ती



बुटवल वैशाख, २९–
पूर्वसभामुख ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने बताएकी छिन् । नेकपाको नेतृ समेत रहेकी घर्तीले आइतबार रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मिडिया विधेयकबारे उक्त धारणा राखेकी हुन् । उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै यदी विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताईन् ।
उनले भनिन्, ‘राज्यका आ–आफ्नै नियम हुन्छन् । सवै जनताले मान्ने कानुनी मिडियाले पनि मान्नुपर्छ तर सरकारले जनताका आवाज उठाउने मिडियालाई अंकुश नलगाउन खोजेको होइन ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्ष समेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् । उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् ।

मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : १८ बजे