नेविसंघले जलायो अनियमितता गरी आफन्त र नातेदारको नाम निकाल्ने त्रिवि सेवा आयोगका अध्यक्षको कुर्षी



काठमाडौं वैशाख, २९–
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कुर्सी जलाएको छ । कांग्रेस भातृ संगठन समेत रहेको नेविसंघका कार्यकर्ताले आइतबार त्रिवि सेवा आयोगले लिएको खुला परीक्षामा अध्यक्षलगायतले अनियमितता गरी आफ्ना आफन्त र नातेदारको नाम निकालेको भन्दै अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका हुन्।

त्रिवि सेवा आयोगले लिएको परीक्षामा आयोगकै पदाधिकारी, राजनीतिक दल, भातृ संगठन निकटकाको नाम निस्किएपछि अनियमितता भएका समाचार सार्वजनिक भएका थिए ।

प्रहरीले कुर्सी जलाएको आरोपमा नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलसहित ५ जनालाई पक्राउ गरेको छ।

त्रिवि नेविसंघका सभापति हरि आचार्यले नियन्त्रणमा लिइएका नेविसंघलाई रिहाइ गर्न माग गरेका छन्।

प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार  १० : ३० बजे