प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसमाथि अङ्कुश लाग्नु हुँदैनः कांग्रेस नेतृ कोइराला



विराटनगर वैशाख, ३०–
नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन् हुनु दुःखद भएको बताएकी छिन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेतृ कोइरालाले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्त्रतामाथि कुनै अङ्कुश लाग्न नहुने बताइन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी कोइरालाले जनताका आवाज उठाउने पत्रकार संयमित भएर कलम चलाउनुपर्ने बताउँदै संविधान कार्यान्वयनको दिशामा देश अगाडि गइरहेका बेलामा सरकार साना तिना कुरामा अल्झेर बस्न नहुने धारणा व्यक्त गरिन ।

प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार  ८ : २४ बजे