काठमाडौं वैशाख, ३१–
मंगलबार पनि नेप्सेमा उछाल आएको छ । नेप्से सुचक तथा कारोबार रकम दुुबै नै आज उच्च अंकले बढेका छन् । नेप्से १४ दशमलव १२ अंकले बढेर १३ सय १५ दशमलव ५६ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव पाँच अंकले बढेर दुुई सय ७९ दशमलव ७४ अंंकमा चढेको छ । आज एक सय ७० वटा कम्पनीहरुको नौ हजार नौ सय १९ वटा कारोबारमा ३१ लाख ६६ हजार चार सय ६७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब तीन करोड ७२ लाख ५८ हजार सात सय २९ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार भएकोमा ट्रेडिङ समुुहले गुमाए पनि बाँकी ११ वटा समुहले कमाएका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १४ दशमलव १४ अंकले बढेर ११ सय ७५ दशमलव ५७ अंकमा पुुग्दा विकास बैंक समुहको सुचक पनि ११ दशमलव छ अंकले बढेर १५ सय ६४ दशमलव ६९ अंकमा चढेको छ । जलबिद्युुत समुहको सुचक पनि दुुई दशमलव ५९ अंकले बढेर ११ सय ९९ दशमलव १९ अंकमा चढेको छ । यसैगरी लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा सुर्योदय लघुुबित्त बित्तीय संस्था, जोशी हाईड्रो पावर कम्पनी आदि परेकाछन । यसैगरी रकम कारोबारका आधारमा भने नेपाल बैंक, शिवम सिमेन्ट आदि परेकाछन् ।
३१ बैशाख २०७६, मंगलबार
0
Shares