काठमाडौं वैशाख, ३१–
चलचित्र ‘कुम्भ करण’ ले प्रदर्शनको मिति नजिकिएसँगै प्रमोसनलाई तिव्र गतिमा अघि बढाएको छ । सोमबारदेखि चलचित्रका सम्पूर्ण टिमको उपस्थिितमा चलचित्रको प्रचार प्रसार अघि बढाएको निर्माण युनिटले जनाएको छ । सोमबारको प्रचार प्रसारमा बिशेष कारणले सहभागी हुननपाएका चलचित्रका मुख्य नायक मुख्य नायक गौरब पहाडी आज भने प्रचार प्रसारमा सहभागी भएका थिए । आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामि जेठ १७ गतेबाट प्रदर्शनमा आउदैछ ।
चलचित्रको कथामा मुख्य नायक र नायिका शिक्षक र शिक्षिका रुपमा देखिएका छन् । त्यही भएर पनि निर्माण टिमले कलेजबाट प्रचार प्रसार अभियान अघि बढाएको छ । आजको कार्यक्रममा नायक गौरब पहारी, भोलाराज सापकोटा ,वितरक करण श्रेष्ठ र निर्देशक दिपक ओली सहभागी थिए । केहि दिनअघि मात्र चलचित्रको पोस्टर अनि ट्रेलर सार्वजनिक गरिएको थियो । निर्माण टिमले सार्वजनिक ट्रेलरले राम्रै प्रतिक्रिया पाइरहेको बताएको छ । महेश दवाडीको पटकथा सम्वाद रहेको चलचित्रमा गोविन्द मधुर आचार्यको संगीत र सुनिल बसेलको कोरियोग्राफी रहेको छ ।
हरि घले लामाको छायांकन रहेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका करण श्रेष्ठले वितरण गर्दैछन् । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन ।
कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरि रहेकी छन । चलचित्रमा गौरवका अलवा नायिका निशा अधिकारी , भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री, सुधब थापा लगाएतको मुख्य अभिनय रहेको छ ।










