कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बस्दै ,मिडिया काउन्सिल बिधेयकबारेमा छलफल हुँदै



काठमाडौं जेठ १–
नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिविधिका बारेमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही समय अगाडि बैठक शुरू भएको हो । बैठकमा सरकारले संसदमा पेस गरेको प्रि–बजेटमाथिको छलफलका विषयमा पनि परामर्श हुनेछ । कांग्रेसका एक सांसदले आजको बैठकमा सञ्चार विधेयकका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत छलफल हुने बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार  ५ : ५७ बजे