काठमाडौं जेठ, १– एक साता लामो विदेश भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् ।
प्रधानमन्त्रीकाको सचिवालयले जनाए अनुसार बुधबार साँझ ७ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।
गत वैशाख २६ गते प्रधानमन्त्री ओली नेपाली भ्रमण टोलीको नेतृत्व गर्दै भियतनाम र कम्बोडिया भ्रमणमा निस्केको थियो ।
भ्रमणका क्रममा प्रम ओलीले भियतनाममा आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार भियतनामको भ्रमणपछि ओली कम्बोडिया पुगेका थिए । कम्बोडियामा पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेका थिए । उक्त भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले ति देशका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए ।