मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि सेयर कारोबारमा उच्च वृद्धि



काठमाडौं जेठ, १–
आज बुुधबार नेप्से सुचक तथा कारोबार रकम दुुबै नै उच्च अंकले बढेकाछन् । नेप्से पाँच दशमलव ५५ अंकले बढेर १३ सय २१ अंकमा पुुग्दा आज सेन्सिटिभ पनि दुुई दशमलव ५१ अंकले बढेर दुुई सय ८२ दशमलव २५ अंकमा चढेको छ । आज एक सय ७२ कम्पनीहरुको १३ हजार छ सय ३४ वटा कारोबारमा ४० लाख ४३ हजार एक सय ५७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब ३३ करोड तीन लाख १४ हजार दुुई सय ४७ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुुंदा छ वटा समुहले कमाएका छन् भने छ वटाले गुमाएका छन् । सो मध्ये कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक नौ दशमलव ८६ अंकले बढेर ११ सय ८५ दशमलव ४३ अंंकमा चढ्दा विकास बैंक समुहको सुचक पनि २५ दशमलव ९९ अंकले बढेर १५ सय ९० दशमलव ६८ अंकमा चढेको छ । फाईनान्स, ट्रेडिङ, अन्य र लघुबित्त पनि आज कमाउने समुहमा परेकाछन् । निर्जिवन बीमा, जीवन बीमा, होटल, जलबिद्युुत, उत्पादनमुुलक र सामुुहिक लगानी कोष भने आज गुुुमाउने समुहमा परेकाछन् ।
बढी कमाउने कम्पनीहरुको सुचीमा कम्युनिटी डेभलपमेन्ट बैंक, बिशाल बजार कम्पनी आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्रालि, ग्लोवल आईएमई लघुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल क्रेडिट एण्ड कर्मस बैंक, नेपाल बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  १० : ५७ बजे