सरुवामा विभेद गरेको आरोपमा उद्योग मन्त्रीमाथि कार्यकक्षमै हातपात



काठमाडौं जेठ, १–
कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवमाथि झण्डै हातपात भएको छ । बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका कर्मचारी संगठनका नेता र मन्त्री यादवबीच तनाव भएपछि कार्यकक्षमै झण्डै हात हालाहालको अवस्था आएको उद्योग विभागका एक कर्मचारीले बताए ।
उक्त मन्त्रालयबाट सहसचिव विश्ववन्धु रेग्मीले उद्योग विभागमा सरुवा भएर जान खोजेपछि विनोद खड्कालाई पठाईएकोमा विवाद उत्पन्न भएको हो । काँग्रेस निकट कर्मचारी संगठनका उपाध्यक्ष अधिकारीको समूह सरुवाको विषयमा बुझ्न जादा मन्त्रीले आफूलाई धकेलेको सो समूहले बताउको छ ।

कर्मचारी युनियनका केन्द्रीय सदस्य समेत रहेका विश्वबन्धु रेग्मीको फाइल ३ पटक सम्म अस्वीकृत गरेर अर्को मान्छेलाई मापदण्ड विपरित सरुवा गरेपछि छलफल गर्न जाँदा सो घटना भएको जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार  ११ : १४ बजे