काठमाडौं जेठ, ३–
कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहो¥याउँदै उक्त हारको दोष आफुलाई मात्रै नलगाउन आग्रह गरे ।
सभापति देउवाले चुनावका बेला नेता कृष्णप्रसाद सिटौलालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउनका लागि वार्तामा पठाएको तर, मिलाउन नसकेको समेत स्मरण गराए । उनले आफूलाई मात्रै आरोप नलगाउन पार्टी नेताहरुलाई आग्रह समेत गरे । सभापति देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरुलाई कारबाही गरेरै छाड्ने बताए ।
सोही कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गरे । उनले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने पनि बताए । नेता सिटौलाले पार्टीभित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाही हुनै नहुने पनि स्पष्ट पारे ।








