काठमाडौं जेठ, ३–
डाँफे क्लव सिकागो अमेरिकाको सहयोग र युवा जागरण अभियानको संयोजनमा अपाङ्ग,अनाथ ४५ जना बच्चाहरुलाई स्कुल ड्रेस, जुत्ता, झोला सहित २ लाख ८५ हजार नगद हस्तान्तरण गरिएको छ ।

बिहिबार काठमाडौंको गोकर्णमा रहेको गोकर्णमा रहेको अपाङ्ग एकता आबाज केन्द्रमा पुगेर ति सामानसहित नगद हस्तान्तरण गरिएको हो ।

डाफे क्लव सिकागोका प्रतिनिधि ई. नवीन कैनीको विशेष पहलमा जुटाइएको नगद रकम क्लवका प्रतिनिधि, युवा जागरण अभियानाका संयोजक चिन्तन पौडेल, नेविसंघ निवर्तमान केन्द्रीय उपाध्यक्ष प्रकाश राना, निवर्तमान कोषाध्यक्ष शिव रिमाल, निवर्तमान केन्द्रीय सदस्य सुशील तिमल्सिना, एलिजा ढकाल,त्रिभुवन विश्वविद्यालय नेविसंघ अध्यक्ष श्याम चन्द्र अधिकारी, नेविसंघ तनहुँ–काठमाडौ सम्पर्क समिति अध्यक्ष प्रविण कैनी, नेविसंघ नेता ई. भुवन भट्ट लगायतका युवाहरुले केन्द्रमै पुगेर संस्थाका अध्यक्ष तिल बहादुर खत्रीलाई सामानसहित नगद हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा संस्थाका अध्यक्ष खत्रीले डाँफे क्लव सिकागो, युवा जागरण अभियानका अभियान्ताहरुलाई बच्चाहरुका लागि गरिएको सामाजिक कामका लागि ध्न्यवाद व्यक्त गरेका थिए ।

‘म व्यक्तिगत रुपमा र बच्चाहरुको तर्फबाट विशेष धन्यबाद दिन चाहन्छु’ उनले भने, अगामि दिनमा समेत थप सहयोगको अपेक्षा राख्दछु ।’

कार्यक्रमको संयोजन गर्न नेविसंघ तनहुँ काठमाडौं सम्पर्क समितिका अध्यक्ष अध्यक्ष प्रविण कैनिले विशेष भुमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा अपाङ्ग र अनाथ बच्चाहरुले नयाँ लुगा,जुत्ता, झोला पाउँदा निकै खुशी हुँदै एकै स्वरमा धन्यवाद भनेका थिए ।








