काठमाडौं–
लोक्गायक सागर नेपाली काठमाडौंमा आयोजित एक कार्यक्रममा काँग्रेस प्रवेश गरेका छन् । उनलाई काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी प्रवेश गराउदै पार्टीमा स्वागत गरेका हुन ।
गायक सागर नेपालीका माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाजबाट धोका पाको छु लगायतका गीत लोकप्रिय रहेका छन ।
पार्टी प्रवेशपछि नेपालीले आफ्नो पेसाको साथसाथमा लोकतन्त्रलाई बलियो बनाउन काँग्रेस प्रवेश गरेको बताए ।
कार्यक्रममा बोल्दै काँग्रेस नेता पौडेलले आफ्नो पेसाको साथसाथमा लोकतान्त्रिक अभियानलाई मजबुत बनाउन साथ दिन सबै कलाकार र श्रष्टाहरु लाग्नु पर्ने बताए ।
उनलाई पार्टी प्रवेश गराउन काँग्रेसका नेता दान बहादुर बुढा, धन बहादुर बुढा लगायतका नेताको समन्वय रहेको नेविसंघका नेता सुशील भट्टले बताए ।








