मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं जेठ, ५–
आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अचानक स्थगित गरिएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आज बैठक बोलाइएको थियो । नेकपाका एक सचिवालय सदस्यले दिएको जानकारी अनुसार ११ बजे बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको हो ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । उक्त बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे सामान्य छलफल भएपनि थप छलफल आइतबार गर्नेगरी बैठक तय गरिएको थियो ।

तर, आइतबार बैठक अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित भएको बताइएको छ ।
आज सचिवालयको बैठक बसेर पोलिटब्यूरोमा रहने सदस्यको नामावली टुंगो लगाउने र कार्यविभागबारे छलफल गर्ने निर्णय भए पनि अब बैठक अनिश्चित बनेको ति नेताको भनाइ छ । अध्यक्ष केपी शर्मा ओलीकै इच्छामा आजको बैठक स्थगित गरिएको नेकपा निकट स्रोतले जानकारी गरायो ।
प्रधानमन्त्री समेत रहेका ओलीले गृहकार्य नपुगेको भन्दै बैठक सथगित गरेका हुन् ।

पछिल्लो समय तत्कालीन दुवै पार्टीबाट पोलिटब्यूरो सदस्यमा पर्ने नेताहरुको नामावलीमा विवाद उत्पन्न भएको छ । दुवै पक्षले पोलिटव्युरोमा रहने नेताहरुको नामावलीको टुंगो लगाउन सकेका छैनन् ।
अहिले दुवै पक्षका शीर्ष नेता पोलिटब्यूरो सदस्यको नामावली टुंग्यो लगाउने गृहकार्यमा छन् । त्यस्तै कार्यविभाजनमा पनि सचिवालयकै नेताहरुबीचमा सहमति हुन नसकेको स्रोतको दावी छ । शीर्ष नेताहरुबीचमा कार्यविभाजन अन्तर्गत केन्द्रीय विभाग पनि पर्ने भएकाले कसले कुन विभागको नेतृत्व गर्ने भन्नेमै विवाद छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  ८ : ३५ बजे