दाङ जेठ, ६–
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कान वरिष्ठ नेता माधव नेपालले मिडिया काउन्सिल विधेयक पार्टी छलफल नै नगरी ल्याइएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुतर, छलफलबिनै महत्वपूर्ण निर्णय गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोलदै नेता नेपालले भने,‘पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष हो।’
पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको नेता नेपालको भनाइ थियो ।
उनले हाल उत्पन्न समस्या र सरकारको कामको समिक्षाको बारेमा समेत पार्टीभित्र कुनै छलफल नभएको उनले स्पष्ट पारे।
बैठकबाट यस्ता कुराहरू आउँदा पर्दाखेरी सरकार एक्लो नहुने बताएका उनले आफूहरूसँग परामर्श तथा छलफल नै नगरी ल्याउन लागेको विधेयकका बारेमा के भन्ने कुरा अन्यौलता छाएको बताए।
त्यस्तै, उनले मिडियाका मानिसहरू समेत आएर आफूलाई केही नभएको हुँदा त्यसबारे कुनै जानकारी नभएको नेता नेपालले प्रष्ट पारे ।
सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्न पटक–पटक कुरा उठाए पनि त्यसलाई बेवास्ता गर्ने गरिएको भन्दै उनले असुन्तुष्टि पोखे।
मिडिया काउन्सिल विधेयकको समर्थन वा विरोधका बारे भने उनले केही बोलेनन्। नेता नेपालले समाचारमा विश्वसनियता सुनिश्चित हुनुपर्ने धारणा राखे। पछिल्लो समय पहिलो हुने नाममा समाचार सत्य र तथ्यमा भन्दा पनि अनुमानको भरमा लेखिने हुँदा पत्रकारिताप्रति आम मानिसको विश्वसनियता कम हुँदै गएको उनको भनाइ थियो।
‘मनपरी गर्ने छुट त कसैलाई पनि दिनु हुन्न,’ नेपालले भने ‘अलिकति मिडियालाई अनुशासित भने बनाउन आवश्यक छ।’








