काठमाडौं जेठ, ६–
नेप्सेमा उच्च अंकले गिरावट आए पनि कारोबार रकम भने बढेको छ । आज नेप्से नौ दशमलव १३ अंकले घटेर १३ सय सात दशमलव ७१ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ९९ अंकले घटेर दुुई सय ७९ दशमलव ८० अंकमा झरेको छ । आज एक सय ७२ वटा कम्पनीहरुको १२ हजार नौ वटा करोबारमा ३३ लाख ९८ हजार छ सय ८० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब २२ करोड पाँच लाख सात हजार चार सय ८५ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा नौ वटा समुुहले गुमाएकाछन् भने दुुई वटा समुहले कमाएकाछन् । गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक सात दशमलव २७ अंकले घटेर ११ सय ६५ दशमलव ७० अंकमा झर्दा विकास बैंक समुहको सुचक पनि २० दशमलव ३५ अंकले घटेर १६ सय दशमलव ४० अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष पनि आज गुमाउन समुहको परेकाछन् । कमाउने समुहमा भचे जलबिद्युुत र अन्य समुह परेको छ ।
कमाउने कम्पनीहरुको सुचीमा आज कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टीपर्पोस फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा पाँचथर पावर कम्पनी, मिथिला लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट, नेपाल बैक आदि परेकाछन् ।
६ जेष्ठ २०७६, सोमबार
0
Shares