काठमाडौं-
पछिल्लो समय तरकारिको उच्च मुल्य बृद्दी प्रती संसद बैठकमा समेत कुरा उठेको छ । नेपाली कांग्रेसका नेता एबम सांसद दिलेन्द्र प्रसाद वडुले संसद बैठकको शून्य समयमा बोल्दै एक महिना भित्र तरकारीको मूल्य दोव्वर भए पनि सरकार मुकदर्शक भएको भन्दै सरकार माथी प्रश्न उठाएका छन ।
तरकारीको मूल्य आकासिएर सर्बसाधारण जनातालाई मार्का पर्दा पनि सरकारले कुनै कदम चाल्न नसकेकोमा आपत्ती प्रकट गर्दै उनले मुल्य बृद्दीले जनता आहत बनेको बेला मुल्यबृद्दी नियन्त्रण गर्ने काम सरकारको हो कि होईन ? भन्ने प्रश्न उठाए ।
किसानले पाउने मूल्य भन्दा उपभोक्ताले पाँच दोव्वर बढी तिरिरहेको बताउदै उनले भने, ‘विचौलिया र व्यापारीबीचको सम्वन्धमा सरकार मुकदर्शक बनेको छ। मूल्यवृद्धि रोक्न सरकारले के गर्दैछ र जवाफ चाहियो।’
सरकार आफैले बिचौलिया र भ्रष्टाचारिलाई सम्रक्षण गरिरहेको समेत उनले आरोप लगाए ।








