मोरङ-
कांग्रेस महामंत्री शशांक कोईरालाले खेलाडीहरु देशको प्रतिष्ठा भएको बताएका छन ।मोरङ्को सुनबर्सी नगरपालिकामा आयोजित तेश्रो अमरदह गोल्डकप २०७६ को समापन समारोहलाई आज सम्बोधन गर्दै महामन्त्री कोइरालाले पछिल्लो समय खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा बढाइरहेका भय पनि सरकारले खेलकुदक्षेत्रको बिकाषका लागी अझै पर्याप्त काम गर्न नसकेको बताएका हुन ।

फरक प्रसङ्गमा बोल्दै महामंत्री कोईरालाले देश पुर्ण लिकतान्त्रीक पद्दतिमा चल्न सके मात्रै सबै क्षेत्रको समग्र बिकाश हुनमा जोड दिदै सरकारका पछिल्ला गतिबिधीहरुले सरकार र नेकपाको लोकतन्त्र प्रतिको प्रतिबद्दतामा शङ्का उब्जिएको बताए
प्रेस र संबैधानिक निकायहरुमा सरकारले हस्तक्षेपको निती लिनु गलत रहेको उल्लेख गर्दै कोइरालाले सरकारले यस्तै रबैया अपनाए नेपाली कांग्रेस लाई त्यो मान्य नहुने चेतावनी दिए ।सबै राजनितिक शक्तीहरुको सहमती र सहकार्यमा मात्रै देशको भलाई रहेको भन्दै कोइरालाले सरकारले सहमती र सहकार्यको बाटो बिर्सेको आरोप लगाए ।

महामन्त्री कोइरालाले स्थिर सरकार बने पनि देश झन जटिल अवस्थामा लान थालेको भन्दै सरकार सुशासन स्थापना र महङ्गी नियन्त्रण गर्न पुरै असफल भएको बताए ।










