मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्ध नेपाल, सुखी नेपालीको नारा सरकारको देखाउने दाँत मात्रः कांग्रेस नेता प्रदीप पौडेल



धादिङ जेठ, ८–
कांग्रेस युवा नेता प्रदीप पौडेलले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा देखाउने दाँत मात्र भएको आरोप लगाएका छन् । धादिङमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुसँगको भेटमा नेता पौडेलले वर्तमान सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको बताएका हुन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले भष्ट्राचार, कुशासन, अनियमितता, अराजकता, बेथितिले सीमा नाघ्दा समेत प्रतिक्रिया विहिन रहेको सरकारबाट समृद्धिको आशा गर्नु भ्रम मात्रै रहेको बताएका हुन् ।

प्रेस माथिको नियन्त्रण, सुरक्षा परिषद्को निर्णय विना सेना परिचालनको अधिकार, महत्वपूर्ण सरकारी कार्यालयहरुलाई आफ्नै अधिनमा राख्ने जस्ता प्रधानमन्त्रीका कदमले निरंकुशताको संकेत दिएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने भएकाले जनजागरण अभियानलाई एउटा अवसरको रुपमा लिई पार्टी सुदृढिकरणमा लाग्ने उनले निर्देशन दिए । सरकारका सबै खाले गलत क्रियाकलापको भण्डारफोर गर्ने बेला आइसकेको भन्दै उनले संगठित भएर अघि बढ्न सुझाव समेत दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  ६ : १२ बजे