मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सभापति देउवा आज सिंगापुर जाँदै



काठमाडौं जेठ, ८–
कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा स्वास्थ्य उपचारको लागि बुधबार साँझ सिंगापुर जान लागेका हुन् ।

सभापति देउवाले सिंगापुर जानु अघि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री डा प्रकाश शरण महतलाई देउवा निवास बुढानीलकण्ठमा बोलाएर यस विषयमा जानकारी दिएका थिए । स्वास्थ्योपचार गरेर सभापति देउवा १३ गते साँझ फर्किने उनको सचिवालयले जनाएको छ । आगामि जेठ १५ गते मुलुकमा आगामी आर्थिक वर्षको बजेट ल्याईँदै छ ।

पार्टीको तर्फबाट राष्ट्रिय जागरण अभियान मध्य भागमा चलिरहेको र छायाँ सरकार गठन गरेको दुई दिनपछि नै सभापति देउवा सिंगापुर जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  ९ : ३१ बजे